उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
१८ पटक हेरिएको
Shares
उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका

सारांश

  • युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो ।
  • उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण गर्ने कार्यतालिका छ ।
  • उपप्रमुख डंगोल बेल्जियमपछि अदालतको अवलोकन भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ ।

२३ चैत,  काठमाडौं– 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्दै छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो ।

उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण गर्ने कार्यतालिका छ । उपप्रमुख डंगोल बेल्जियमपछि अदालतको अवलोकन भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ । त्यहाँ पनि उनले युरोपियन युनियनको अभ्याससँगै त्यहाँको विवाद निरुपणका लागि भएका र गरेका प्रयासहरुका बारेमा अनुभव लिने कार्यक्रम छ । भ्रमणकै सिलसिलामा त्यहाँको स्थानीय सरकारसँग पनि विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । ‘बेल्जियको अवलोकन भ्रमणका क्रममा त्यहाँको संसदको पनि अवलोकन गर्ने र काठमाडौं महानगरपालिकाले गरेका असल अभ्यासबारे अनुभव आदनप्रदान गर्ने कार्यक्रम छ,’ डंगोलले भनिन्, ‘यो

भ्रमणका क्रममा त्यहाँका सरकारका प्रतिनिधि, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरुसँग औपचारिक भेटघाटको कार्यक्रम छ ।’बेल्जियममै युनेस्कोसँग त्यहाँका सम्पदा र काठमाडौं महानगरपालिकाका सम्पदा संरक्षणका लागि गरेका प्रयासहरुका बारेमा अनुभव आदनप्रदान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिइन् । ‘काठमाडौं महानगर युनेस्को क्रिएटिभ सिटी पनि हो,’ उनले भनिन्, ‘त्यहाँ नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबारे गहन छलफल गर्ने तयारी छ । कला, संस्कृति र नवीन उद्योगसम्बन्धी नीति तयार गरी ’स्क्रिन पर्यटन’को सम्भावनालाई समेत साकार बनाउन के–कस्तो पहल गर्न सकिन्छ त्योबारेमा पनि म भ्रमणका क्रममा छलफल गर्ने छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई  ३२३ रन लक्ष्य
बेरिङटनको शतक र लिस्कको विस्फोटक फिनिसिङमा नेपाललाई ३२३ रन लक्ष्य
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
कुष्ठरोग प्रभावितप्रति राज्यले पर्याप्त काम गर्न सकेन : मन्त्री सिन्हा
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
आइन्स्टाइन जेभियरका विद्यार्थी कलेजको मार्केटिङमा, परीक्षा केन्द्र बाहिर पर्चा वितरण
यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
आज बैंकहरुबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन
सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन