पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३६ पटक हेरिएको
Shares
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन

सारांश

  • शुक्रबार पाल्पा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्धारित कार्यक्रम थियो पाल्पा अस्पतालको निरीक्षण ।
  • उनी तोकेको समयभन्दा साढे तीन घण्टापछि अस्पताल पुगे ।
  • त्यसैले उनले अस्पतालको निरीक्षणमा पाँच मिनेटमात्रै खर्चिए ।

२३ चैत, पाल्पा ।

शुक्रबार पाल्पा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्धारित कार्यक्रम थियो पाल्पा अस्पतालको निरीक्षण । उनी तोकेको समयभन्दा साढे तीन घण्टापछि अस्पताल पुगे । त्यसैले उनले अस्पतालको निरीक्षणमा पाँच मिनेटमात्रै खर्चिए । दोस्रो तानसेन महोत्सव समुद्घाटनपछि दिउँसो तीन बजे अस्पताल निरीक्षणको कार्यतालिका सार्वजनिक भएको थियो ।

साढे तीन घण्टा ढिलोगरी अस्पताल पुगेका मन्त्री पौडेलले पाँच मिनेटमै अस्पताल निरीक्षण गरी फर्किए । मन्त्रीले अस्पताल सबै कक्ष पुगेर समस्या र गुनासो सुनेर समाधानका लागि बचन देलान भन्ने अस्पताल प्रशासनको आशा थियो तर त्यो हुन नसकेको गुनासो कर्मचारीहरूको छ । ‘युवा, त्यमाथि धेरै राम्रो काम गरेको चर्चा थियो । उहाँ आएर राम्रो सम्बोधन गर्नुहोला भन्ने आशा पनि लिएका थियौं तर आगो लिन आए जसरी आएर जानुभयो । हामी त हेरेको हेर्यै भयौं’, एक कर्मचारीले भने । अस्पताल व्यवस्थापन समिति, कर्मचारीसहितको टोलीले मन्त्रीलाई स्वागत गर्नका लागि तीन घण्टादेखि बसेका थिए । तीन बजेदेखि तयारी अवस्थामा हरेका उनीहरुले ६ बजेर ४० मिनेटमा मन्त्रीलाई स्वागत गर्न पाए ।

लुम्बिनी प्रदेशकै पुरानो र भौतिक पूर्वाधारमा कमजोर रहेको पाल्पा अस्पतालमा मन्त्रीको निरीक्षणपछि अस्पतालको पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापन र जग्गा व्यवस्थापन जस्ता विषय सम्बोधन हुने अपेक्षा थियो मन्त्री आएर हतार छ, हतार छ, जाऔं-जाऔं  जाउ भन्ने मात्रै सुनियो । महत्वपूर्ण विषयमा सम्बोधन होला भन्ने अपेक्षा थियो । केही कुरै हुन सकेन’, निरीक्षणमा सहभागी एक जनाले भने।अस्पातल व्यवस्थापन समितिका अध्यक्ष गुराँस आत्रेयले समयम अभावले गर्दा मन्त्रीसँ धेरै कुरा हुन नसकेको बताए । तर, मन्त्रीले अस्पतालमै पुगेर वस्तुस्थिति देखेकोले केही सम्बोधन होला भन्ने अपेक्षा गरेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
सर्लाहीमा गोली लागेर एक बालक घाइते
सर्लाहीमा गोली लागेर एक बालक घाइते
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
अर्जुन र सोमपालको आक्रामक ब्याटिङ, कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल