२६ जेष्ठ २०८२, आईतवार

चीनले अमेरिकी सामानमा थप ३४ प्रतिशत कर लगायो

 

२२ चैत, चीन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको विरोधमा चीनले अमेरिकी सामानहरूमा थप कर लगाउने घोषणा गरेको छ । चीनले अर्काे हप्तादेखि अमेरिकी सामानहरूमा थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । चिनियाँ अर्थ मन्त्रालयले आफ्ना उत्पादनहरूमा अमेरिकी कर ‘अन्तर्राष्ट्रिय व्यापार नियमहरूसँग मेल नखाने’ बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि ५४ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । यसमा पहिलेदेखि नै लागू भइसकेका करहरू पनि समावेश छन् । अमेरिकी करबाट चीन सबैभन्दा धेरै प्रभावित हुने देशहरूमध्ये एक हो । राष्ट्रपति ट्रम्पले एक सय ८५ वटा देशका लागि घोषणा गर्नुभएको ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक भन्सार दर अनुसार १० प्रतिशत शुल्क भोलिदेखि र अन्य शुल्क अप्रिल ९ देखि शुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment