उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
उदयपुरमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

सारांश

  • उदयपुरको कटारी नगरपालिका-४ मुसहरी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
  • दुईजना घाइते भएका छन्।
  • कटारीबाट सिन्धुली जाँदै गरेको प्रदेश २-०१-००३ प ५४२२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहीबार दिउँसो ठक्कर दिंदा दुर्घटना भएको हो।

२१ चैत, उदयपुर।

उदयपुरको कटारी नगरपालिका-४ मुसहरी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। कटारीबाट सिन्धुली जाँदै गरेको प्रदेश २-०१-००३ प ५४२२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बिहीबार दिउँसो ठक्कर दिंदा दुर्घटना भएको हो।

दुर्घटनामा परी साइकल यात्री सिन्धुली, दुधौली नगरपालिका-५ घारीथुम्सीका ७१ वर्षीया अमरबहादुर सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए। दुर्घटनामा गम्भीर घाइते भएका सुनुवारको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक कटारी नगरपालिका-६ गेरुवाका २३ वर्षीय अनन्त मगर र पछाडि बसेका एक जना घाइते भएका छन्। उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु
करेन्ट लागेर घाइते भएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने
करेन्ट लागेर घाइते भएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिइने
कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि
कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद
न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद
रुसी आक्रमणमा  युक्रेनका १४ वर्षीया बालिकासहित ६ जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनका १४ वर्षीया बालिकासहित ६ जनाको मृत्यु
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने