२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का
१७ असोज, काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा बझाङ जिल्ला केन्द्रबिन्दु भएर ४ म्यग्निुच्युडमाथिका १२ वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार दिउँसो भूकम्प गएयता सोही जिल्ला केन्द्रबिन्दु भएर बुधबार बिहानसम्म ४ म्याग्निच्युडमाथिका १२ वटा धक्का मापन भएको बताएको छ । बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसलगत्तै ३ बजेर ६ मिनेटमाच ६।३ म्याग्निच्युडको भूकम्प मापन भएकोमा त्यसपछि पनि १० वटा भूकम्प गएको केन्द्रको विवरणमा उल्लेख छ ।
उनका अनुसार एउटा ठूलो भूकम्प गएपछि साना पराकम्पहरु गइरहने हुन्छन् । ‘एउटा ठुलो गयो भने साना गइरहने हुन्छ । सानो भूकम्प जाँदा थोरै समय पराकम्प जान्छ । जति ठूलो भूकम्प भयो त्यति नै लामो समय पराकम्प हुन्छ ’, उनले भने । उनले भूकम्पपछि पराकम्प जानु स्वाभाजिक भएको पनि बताए । बझाङ भूकम्पबाट हालसम्म १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । यस्तै एक जना बेपत्ता छन् । भूकम्पबाट भौतिक संरचनाहरुमा क्षति भएको बताइएको छ ।