ढल्केवर सबस्टेसन नजिकको जंगलमा डढेलो
२१ चैत, काठमाडौं ।
धनुषाको ढल्केवरमा रहेको देशकै ठूलो सबस्टेसन नजिकको जंगलमा डढेलो लागेको छ । डढेलोका कारण सबस्टेसन असुरक्षित बनेको छ । सबस्टेसनका इन्जिनियर कमल आचार्यका अनुसार, सबस्टेसन अहिलेसम्म सुरक्षित छ ।
“सबस्टेसनज बाहिरको जंगलमा डढेलो लागेको हो,” उनले भने, “सबस्टेसन सुरक्षित राख्न दमकल र त्यहाँ रहेका कर्मचारी प्रयासरत छौँ ।”यो सबस्टेसन नेपाल–भारत विद्युत् व्यापारका लागि निकै महत्त्वपूर्ण छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment