झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
४२ पटक हेरिएको
Shares
झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार

सारांश

  • आज नेप्से २.
  • ८१ अंकले बढेर २७०२.
  • ८६ विन्दुमा पुगेको छ ।

२१ चैत, काठमाडौं–

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से २.८१ अंकले बढेर २७०२.८६ विन्दुमा पुगेको छ । आज नेप्से झिनो अंकले बढ्दा करिब ८ अर्ब रुपैयाँको कारोबार भएको छ ।आज दिनभरमा ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर कारोबार भएको छ ।

आज ९३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छैन । आज दिनभरमा ३२४ वटा कम्पनीको शेयर ६९ हजार ८९ पटक किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने बाँकी १० समूह घटेको छ । आज सबैभन्दा बढी अन्य समूह १.२९ प्रतिशतले बढेर २४६८.५७ विन्दुमा पुगेको छ ।  त्यस्तै वाणिज्य बैंक समूह १.१० प्रतिशतले बढेर १२७९.३४ विन्दुमा र निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले बढेर १२ हजार ३४९.१५ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.९६ प्रतिशतले घटेर ४७८१.७९ विन्दुमा पुगेको छ भने सबैभन्दा कम हाइड्रोपावर समूह ०.२६ अंकले घटेर ६४४२३.२३ विन्दुमा पुगेको छ ।  साथै, विकास बैंक समूह ०.२२ प्रतिशतले, फाइनान्स १.५७ प्रतिशतले, होटल तथा पर्यटन ०.१९ प्रतिशतले, लगानी ०.०५ प्रतिशतले, जीवन बीमा ०.७७ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८७ प्रतिशतले, लघुवित्त ०.३७ प्रतिशतले र म्युचुअल फण्ड समूह ०.११ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना
राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
अर्थ प्रशासनका विज्ञलाई अर्थमन्त्रीको जिम्मेवारी
अर्थ प्रशासनका विज्ञलाई अर्थमन्त्रीको जिम्मेवारी