सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?
२१ चैत, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि बुधबार सुन १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार २० रुपैयाँमा किनबेच भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment