काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ

सारांश

  • कार्यालयमा केही कर्मचारी र वडाध्यक्षहरू उपस्थित भए पनि वातावरण तनावग्रस्त बनेको छ।
  • महानगरपालिकाका कर्मचारीहरूले गुरागाईंको निरन्तरताको माग गरेका छन्।
  • एक महिला कर्मचारीले संघीय सरकार र महानगर प्रमुख बालेन शाह दुवैप्रति रोष पोख्दै भनिन्, ‘कर्मचारीलाई अन्याय गरिएको छ।

२१ चैत, काठमाडौँ-

काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउन नदिने निर्णयसँगै नगर प्रहरी तैनाथ गरिएको छ। कार्यालयमा केही कर्मचारी र वडाध्यक्षहरू उपस्थित भए पनि वातावरण तनावग्रस्त बनेको छ।

महानगरपालिकाका कर्मचारीहरूले गुरागाईंको निरन्तरताको माग गरेका छन्। एक महिला कर्मचारीले संघीय सरकार र महानगर प्रमुख बालेन शाह दुवैप्रति रोष पोख्दै भनिन्, ‘कर्मचारीलाई अन्याय गरिएको छ। संविधानविपरीत जान कसैलाई अधिकार छैन। यो व्यवस्थागत अन्याय हो।’ अर्का कर्मचारीले पनि गुरागाईंको पक्षमा बोल्दै भने, ‘उहाँले गलत काम गर्नुभएको छ भने कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्छ। कुनै व्यक्तिको सामाजिक सञ्जाल स्टाटसकै आधारमा यस्ता निर्णय लिनु गलत हो।’

काठमाडौँ महानगरपालिकाले भने गुरागाईंमाथि भ्रष्टाचारको आरोप लगाएको छ। मेयर बालेन शाहले केही दिनअघि आफ्नो फेसबुक स्टाटसमार्फत गुरागाईंमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए। तर, महानगरकै कर्मचारी नरबहादुर कर्मचार्यले यसबारे असहमति जनाउँदै भने, ‘मेयरको फेसबुक स्टाटसकै भरमा महानगर चल्दैन। कानुनी प्रक्रियालाई मान्यता दिनुपर्छ।’ महानगर कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ। कर्मचारीहरू आन्दोलित भइरहेका छन् भने परिस्थिति अझै सामान्य हुन सकेको छैन। संघीय सरकार र महानगर नेतृत्वबीचको यो विवाद चर्किंदै जाँदा कामकाजमा असर परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी
देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
दसैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने
मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, पुस ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने
त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द
त्रिशूली बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
सालीको हत्याको आरोपमा भिनाजु पक्राउ
सालीको हत्याको आरोपमा भिनाजु पक्राउ