यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
१९ चैत, काठमाडौं–
सरकारले आगामी पाँच आर्थिक बर्षसम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको छ । मंगलबार सिंहदरबारमा चैत्र १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गरेको जानकारी दिए।
बैठकले आगामी आर्थिक बर्षका लागि प्रदेश तथा स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँटको हिस्सा अनुमानीत रकम र बित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको उनले बताए । मन्त्रिपरिषद्ले धुलिखेल अस्पताल ट्रमा तथा आपत्तकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने निर्णय गरेको छ भने नेपाल स्टक एकस्चेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणी चापागाईलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।त्यस्तै बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको कार्यकारी

Post Comment