२६ जेष्ठ २०८२, आईतवार

शिक्षकहरुले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन सुरु गर्ने

 

१८ चैत, काठमाडौं ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार अर्थात् भोलिदेखि शिक्षक र कर्मचारीहरुले दोस्रो चरणको अन्तिम र निर्णायक सडक आन्दोलन गर्ने भएका छन् । मंगलबार महासंघले विज्ञप्ती जारी गर्दै शिक्षा ऐन पारित गराउन सरकारलाई दबाब दिनका लागि ‘काठमाडौं जाआंै’ अभियानका साथ सडक आन्दोलन गर्ने भएको हो ।

आन्दोलनमा स्थायी, सावीक, उमावी, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी÷करार, प्राविधिक धार, विशेष शिक्षा तथा तथा संस्थागत विद्यालयका एक लाखभन्दा धेरै शिक्षक कर्मचारीहरु सहभागिता रहने महासंघले जनाएको छ । नेपाल शिक्षक महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरि गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको मुख्य उदेश्य रहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

उनले भने, ‘जबसम्म शिक्षा ऐन पारित हुँदैन तबसम्म अनिश्चीत काािलन सडक आन्दोलन गछौ‌ं ।’ यसैगरी महासंघका महासचिव तुलाबहादुर थापाले उदेश्य प्राप्त गर्नका लागि आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित तरीकाले गर्ने बताए । शिक्षक आन्दोलन शिक्षक कर्मचारीका पेशागत माग मुद्दा सम्बोधन गर्न मात्र जोडिएको नभई गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हितको पक्षमा समेत आवाज मुखरित गराउने महासंघले जानकारी गराएको छ । आन्दोलनलाई सफल पार्न महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यबस्थापन समिति तथा सबै शैक्षिक सरोकाार पक्षसमक्ष सहयोग र समर्थन गरिदिन अपिलसमेत गरेको छ ।

आन्दोलनको कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने छ । महासंघ गत माघ २० गतेदेखि आन्दोलनमा छ । पहिलो चरणको आन्दोलनअन्तर्गत फागुन २४ मा काठमाडौंका सडकमा प्रदर्शन गरेको थियो । त्यस्तै, दोस्रो चरणको आन्दोलन फागुन २७ बाट चैत ५ गतेसम्म राजनीतिक दलहरुको केन्द्रिय कार्यालयका धर्ना गरि सम्पन्न गरिएको थियो । त्यसपछि चैत ७ गते देखि १५ गते सम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन सम्पन्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment