नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र

सारांश

  • नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् ।
  • मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो ।
  • नियुक्तिपछि मंगलबार नै उनलाई अर्थमन्त्रालयमा राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्त पत्र प्रदान गरे ।

१९ चैत, काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । नियुक्तिपछि मंगलबार नै उनलाई अर्थमन्त्रालयमा राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्त पत्र प्रदान गरे ।

झापाका चापागाईंसँग लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आवद्ध भएर काम गरेको अनुभव छ । यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुन सक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत : वाग्ले
शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता
शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता
प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब किताब हुन्छ
प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब किताब हुन्छ
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश गर्दै
पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश गर्दै
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः  देउवा
कुनै एक पार्टीलाई बहुमत ल्याउन कठीन छः देउवा
रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ