२६ जेष्ठ २०८२, आईतवार

नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र

 

१९ चैत, काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । नियुक्तिपछि मंगलबार नै उनलाई अर्थमन्त्रालयमा राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्त पत्र प्रदान गरे ।

झापाका चापागाईंसँग लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आवद्ध भएर काम गरेको अनुभव छ । यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुन सक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?