Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
३७ पटक हेरिएको
Shares
३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक

सारांश

  • समाजवादी मोर्चाको बैठक तीन निर्णय गरेर सकिएको छ ।
  • माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका लागि माग गर्ने र गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन् ।
  • बैठकमा १५ चैतको घटनाको समीक्षा गरेको विश्वकर्माले जानकारी दिए ।

१८ चैत, काठमाडौं ।

समाजवादी मोर्चाको बैठक तीन निर्णय गरेर सकिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका लागि माग गर्ने र गणतन्त्रवादी शक्तिहरूसँग अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिएका छन् ।

बैठकमा १५ चैतको घटनाको समीक्षा गरेको विश्वकर्माले जानकारी दिए । ‘१५ चैतको घटना राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै ठूलो घटनाको रूपमा आइरहेको छ । दरबारिया र प्रतिगामी तत्वहरूले कोटेश्वरमा असाध्यै गैरजिम्मेवार, हिंसक, देशमा अशान्ति र आतंक मच्चाउने गतिविधि गरे भनेर समीक्षा गरियो,’ उनले भने । गणतन्त्रवादीहरूको सभामा रहेको जनउपस्थिति र व्यवस्थापनका हिसाबले सानदार र भव्य रहेको र यसले गणतन्त्रवादीहरूलाई उत्साह र प्रेरणा भरेको निष्कर्ष बैठकले निकालेको नेता विश्वकर्माले जानकारी दिए । समाजवादी मोर्चाको प्रदर्शनले गणतन्त्रको रक्षाको निम्ति सशक्त भूमिका निर्वाह गरेको उनले बताए ।

‘प्रतिगामी र दरबारिया तत्वहरुको कोटेश्वरमा देखिएको गतिविधि असाध्यै गैरजिम्मेवार छ । देशमा अशान्ति र आतंक मच्चाउने छ । हिंस्रक छ । आततायी र जंगली चरित्रको छ’ उनले भने, ‘त्यसलाई रक्षात्मक बनाउन कमजोर निष्प्रभावी बनाउन गणतन्त्रवादीको विरोधसभाले ठूलो भूमिका खेल्यो ।’ मोर्चाले राजावादीको हिंसात्मक गतिविधिलाई योजनाबद्ध र विदेशीहरूको सहयोगमा घटाइएको निष्कर्ष निकालेको नेता विश्वकर्माले जानकारी दिए । ‘नेपालमा सामन्तवाद अन्त्य भएर गणतन्त्र आएको विदेशी प्रतिक्रियावादी र नेपालका सामन्ती तत्वहरूलाई मन परेको थिएन, त्यसलाई उल्टाएर सत्तासीन हुने प्रयत्न गर्दै आइरहेका थिए,’ उनले भने, ‘अहिले विदेशीहरुले पनि ब्याकिङ गरिरहेको हो कि भन्ने देखिन्छ ।’

मोर्चाले सरकारले राजावादीहरूको योजनाबद्ध कार्यक्रमलाई कम आँकेको र उक्त घटनाको मूल्यांकन गरेर सरकारी संयन्त्र परिचालन गर्न चुकेको निष्कर्ष निकालेको छ । समाजवादी मोर्चाले यस्ता गतिविधिको सशक्त भण्डाफोर र प्रतिवाद गर्न दोषीमाथि कारबाही र भएका क्षतिको घटनामा संलग्नहरूबाटै क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने निर्णय गरेको नेता विश्वकर्माले जानकारी दिए । ‘कार्यक्रम डिजाइनमा छ योजनाबद्ध छ । आगामी दिनमा पनि घटना घट्न सक्छन् । यो घटनामा डिजाइनकर्तालाई सशक्त कार्बाहीका लागि डेलिगेसन नै गएर सरकारसँग दोषीमाथि कारबाही र क्षतिपूर्ति भराउन माग गर्छौं,’ उनले भने, ‘

त्यस्तै, गणतन्त्रको रक्षा र सामन्तवादीहरूको हर्कत रोक्न गणतन्त्रवादीहरूसँग अन्तरक्रिया गर्ने र यसको मिति मोर्चाको सचिवालयले तोक्ने निर्णय गरेका छौं ।’ नेता विश्वकर्माले मोर्चाको बैठकले क्रान्तिका उपलब्धि रक्षा गर्न युवालाई संगठित रूपमा परिचालन गर्ने निर्णय गरेको पनि जानकारी दिए ।बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाको हेलिकप्टरबाट प्रचण्डको राजनीतिक भ्रमण
सेनाको हेलिकप्टरबाट प्रचण्डको राजनीतिक भ्रमण
मलंगवा जेसिजमा नयाँ नेतृत्व
मलंगवा जेसिजमा नयाँ नेतृत्व
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
कोसी प्रदेश प्रहरी प्रमुख कार्कीलाई एआईजी बढुवा गर्न सिफारिस
कोसी प्रदेश प्रहरी प्रमुख कार्कीलाई एआईजी बढुवा गर्न सिफारिस
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
बालबालिकालाई बिधालयमा टिकाउनका लागि अभिमुखिकरण कार्यक्रम 
बालबालिकालाई बिधालयमा टिकाउनका लागि अभिमुखिकरण कार्यक्रम 
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग
तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग