स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित

सारांश

  • मिचेल स्टार्कको ५ विकेट तथा फाफ डुप्लेसको अर्धशतक मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
  •   आइतबार विशाखापटनममा भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो ।
  • १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

१७ चैत, काठमाडौं ।

मिचेल स्टार्कको ५ विकेट तथा फाफ डुप्लेसको अर्धशतक मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।  आइतबार विशाखापटनममा भएको खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो । १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनर फाफ डुप्लेसीले ५० रन बनाउँदा जेक फ्रेजर मेगर्कले ३८ तथा अभिषेक पोरेलले अविजित ३४ रन बनाए । ट्रिस्टन स्टब्स २१ रनमा अविजित रहे । केएल राहुलले १५ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ८ बल अगावै अलआउट हुँदै १६३ रन बनाएको थियो ।

अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाएका थिए । हेनरिच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रन बनाए । दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए भने कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए । योसँगै दिल्लीले २ खेलमा  ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको हैदराबादको ३ खेलमा २ अंक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न
सामान्य विवादपछि छुरा हान्ने अर्जुन कैयौं अपराधमा संलग्न
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
हङकङमा हुने चारदेशीय टी-२०आई प्रतियोगिताका लागि अन्तिम टोली घोषणा
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
आजको मौसम: सुदूरपश्चिम र कर्णालीमा आंशिक बदलीको सम्भावना
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने
रवि लामिछानेलाई विमानमार्फत भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने
रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड
रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
राजदेवी मन्दिरमा आज क्षमा पुजा गरिँदै
राजदेवी मन्दिरमा आज क्षमा पुजा गरिँदै