११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
२० पटक हेरिएको
Shares
११० राजावादी पक्राउ, ४ अभियोग लगाउने तयारी

सारांश

  •   गृहमन्त्री रमेश लेखक तीनकुने–कोटेश्वर क्षेत्रको अनुगमनमा पुगेका छन्।
  • राजावादीहरुले हिजो गरेको आगजनी, तोडफोड र लुटपाटबाट भएको क्षतिको अवस्था बुझ्न मन्त्री त्यहाँ पुगेका हुन्।
  • आगजनीमा परेर एक पत्रकार मारिएका छन्।

१६ चैत, काठमाडौं । 

गृहमन्त्री रमेश लेखक तीनकुने–कोटेश्वर क्षेत्रको अनुगमनमा पुगेका छन्। राजावादीहरुले हिजो गरेको आगजनी, तोडफोड र लुटपाटबाट भएको क्षतिको अवस्था बुझ्न मन्त्री त्यहाँ पुगेका हुन्। आगजनीमा परेर एक पत्रकार मारिएका छन्। अर्का एक जनाको गोली लागेर निधन भएको हो। धेरै घरमा तोडफोड र आगजनी गरिएको छ भने भाटभटेनीमा लुटपाट मच्चाइएको थियो।

प्रहरीले राति नै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमसेर राणासहित अहिलेसम्म ११० जनालाई पक्राउ गरेको छ। उनीहरुलाई आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्न भएको आरोपमा प्रक्राउ गरेको हो। उनीहरुमाथि संगठित अपराध, चौरी डकैती, हत्या, आगजनीको अभियोग लगाउने प्रहरीको तयारी छ।

राजावादीहरुको आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंको खोजी जारी छ। रातिदेखि धेरै ठाउँमा खोज्दा पत्ता नलागेपछि उनी शोभा पाठकसँग सँगै हुनसक्ने आकलन गरिएको छ। विगतमा महेश बस्नेतसँगको सम्बन्धमा खटपट भएपछि शोभाले प्रसाईंलाई दाई भन्दै आफ्नो दुःखेसो पोख्दै आएको बताइन्छ। यता पूर्वराजा ज्ञानेन्द्रले तोकिदिएका आन्दोलनका संयोजक नवराज सुवेदीलाई घरमा नजरबन्दमा राखिएको छ। ८७ वर्षे सुवेदीलाई पक्रेर प्रहरी हिरासतमा राख्दा उनको ज्यानको जोखिमलाई ध्यानमा राखेर प्रहरीले घरभित्रै थुनेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
भारतको लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जनाको मृत्यु
कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै
कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने
डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने
कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का
कांग्रेस चुनावमा जान तयार छ : पूर्णबहादुर खड्का