२६ जेष्ठ २०८२, आईतवार

गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?

 

१६ चैत, नेकपा

(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन्।  शनिबार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रबार आन्दोलनकारीहरूले तोडफोड गरी पुर्‍याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरे।

शुक्रबार राजावादीहरूले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्‍याएका थिए। सोही क्रममा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए।पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याँईगरेको पार्टीका नेताहरू बताउँछन्।

गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भने, ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरू आएको भए केही रहँदैन थियो। तपाईंको आदेश नमानेको हो कि हामीलाई शंका त त्यो लागिरहेको छ।’ राजावादीहरूले शुक्रबार तीनकुनेमा निजी सम्पत्तिमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरू र जडिबुटीस्थित जडिबुटी प्रशोधन केन्द्र लगायतका सम्पत्तिहरूमा आगजनी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment