आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
५२ पटक हेरिएको
Shares
आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदै

सारांश

  • चैत्र कृष्ण औंसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।
  • जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
  • यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

१६ चैत, काठमाडौं ।

चैत्र कृष्ण औंसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी
ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो