प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक
१५ चैत, काठमाडौं ।
काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ ।
आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेकाे स्थिति नियन्त्रणको प्रयास भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment