राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी
१५ चैत, काठमाडौं ।
जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको राजावादीको प्रर्दशनस्थल काठमाडौंको तीनकुनेमा प्रदर्शनकारी जम्मा हुन थालेका छन् । कोटेश्वरतर्फबाट आएको एक समूह तीनकुनेमा जम्मा भएका छन् ।
काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूले एकै दिन प्रदर्शन गर्न लागेका हुन् । राजाबादीको प्रदर्शनको कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं तोकिएका छन् । प्रहरीका अनुसार गौशालालगायत अन्यक्षेत्रबाट समेत प्रदर्शनकारी आउनेक्रम सुरु भएको छ । गणतन्त्रवादीहरूलाई प्रदर्शनीमार्गको स्थान उपलब्ध गराएको छ । उनीहरू पनि जम्मा हुने तयारी गरिहरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment