तीनकुने -बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक
१५ चैत, काठमाडौं :
गणतन्त्रवादी र राजावादीको प्रर्दशनका क्रममा अप्रिय घटना हु्न नदिन प्रहरीले काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ। तीनकुने-बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाएको छ।रत्नपार्कदेखि भद्रकालीसम्म, प्रदर्शनीमार्ग,भृकुटिमण्डपको सडक पूर्णरुपमा बन्द गरिएको छ । अबको केहीबेरमा दुवै पक्षको प्रदर्शन सुरू हुँदैछ। समाजवादी मोर्चाले भृकुटिमण्डपमा र राजावादीले तीनकुनेमा विरोध सभा गर्दैछन्।
समाजवादी मोर्चाले टुँडिखेलतर्फको बीच सडकमा मञ्च निर्माण गरेपछि त्यस क्षेत्रमा बिहानैदेखि यातायात आवागमन बन्द गरिएको छ । त्यस्तै काठमाडौंको तीनकुने बानेश्वर ,माइतिघरलगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको छ । सो क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ । जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्रवादीहरूको प्रदर्शन हुँदैछ। यसका लागि राजावादीहरूले काठमाडौंको तीनकुनेमा मञ्च निर्माण गरेको छ। दुवै पक्षले आ-आफ्नो शक्ति प्रदर्शन गर्ने दावी गरेका छन्।
Post Comment