एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र १४, २०८१
|
|
१ पटक हेरिएको
Shares
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  •   १४ चैत,  काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका–२७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • उनीहरूले दुई लाख ५० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

१४ चैत,  काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका–२७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले दुई लाख ५० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेको अर्को व्यक्तिमा पोखरा महानगरपालिका–२७ बस्ने दिनेश लामिछाने छन् ।

पोखरा महानगरपालिका–२७ का वडा सचिव लामिछानेले सेवाग्राहीसँग जन्म दर्ता र अन्य कागजातमा जन्ममिति सच्याउनको लागि घुस लिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा प्रभात लामिछानेले प्रतिवादी दिनेश लामिछानेको पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्मदर्ता, जन्ममिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्ममिति र जन्मदर्ता राखी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको पाइएको अख्तियारले जनाएको छ । एकै व्यक्तिको फरक–फरक दोहोरो जन्मदर्ता समेतका विवरण झुट्टा गलत लिखत तयार गरी दिने प्रयोजनार्थ दुई लाख ५० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
अमेरिकामा आप्रवासीको प्रदर्शन : कर्फ्यू र आपतकाल घोषणा, सेना उतार्ने ट्रम्पको चेतावनी
दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
विमानस्थलबाट १ किलो १०० ग्राम सुनसहित १ जना पक्राउ
झापामा चट्याङ लागेर एक महिलाको मृ*त्यु
झापामा चट्याङ लागेर एक महिलाको मृ*त्यु
सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला
सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेर घाइते अवस्थामा फेला
प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर
प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य