लुम्बिनीले रोहितसहित ६ खेलाडी रिटेन गर्यो
११ असार, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) को टोली लुम्बिनी लायन्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। लुम्बिनील मार्की र कप्तान रोहितकुमार पौडेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । लुम्बिनीबाट रिटेन हुने अन्य खेलाडीमा विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतम छन् । लुम्बिनीले बुधवार विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सुची सार्वजनिक गरेको हो ।
साना साना कुरामा ध्यान दिदै युवा तथा राम्रा विदेशी खेलाडी सहित टोलीलाई हरेक कोणबाट शसक्त बनाउने योजनासहित लुम्बिनीले एनपिएलको दोस्रो सिजनमा राम्रो प्रदर्शन गर्ने तथा हरेक समर्थकको अपेक्षा पूरा गर्ने जनाएको छ । रिटेन खेलाडी रोहित पौडेल, विवेक यादव,सन्दीप जोरा,दिनेश अधिकारी, तिलकराज भण्डारी,अभिषेष गौतम रिलीज खेलाडी सुर्य तामाङ, आशुतोष घिरैया ,अर्जुन साउद, विकास आग्री ,आरिफ खान, दुर्गेश गुप्ता, सुदूरपश्चिम रोयल्स र चितवनले पनि रिटेन र रिलिज खेलाडीको सुची यसअघि नै सार्वजनिक गरिसकेको छ।
Post Comment