प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः माओवादी सांसद आलेमगर

सारांश

  •   नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाउनुभएको छ ।
  • राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद आलेमगरले यस्तो आरोप लगाउनुभएको हो ।
  • उहाँले भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको आरोप पनि लगाउनु भयो ।

६ साउन, काठमाडौं । 

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद आलेमगरले यस्तो आरोप लगाउनुभएको हो । उहाँले भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार विरोधी साइनबोर्डहरु उखेलेर फाल्न समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले भ्रष्टाचारीमो मुख हेर्ने मात्र नभई मायाले गाला मुसारेर मपन्त्रपरिषद्मा राखेको टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष महोदय म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरु निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ । किनभने जताततै भ्रष्टाचार मात्र देखिन्छ । भ्रष्टाचार गर्ने एकजना मन्त्रीलाई सम्मननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि  मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ । र थेग्न नसक्नेपछि निलम्वन गर्नुहुन्छ । एक जना मन्त्रीलाई निकाल्नुभयो । अर्को एक जना पाइपलाईनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन ?’ उहाँले भ्रष्टाचारमा संलग्न पाइपलाइनमा रहेका मन्त्रीको लाइफलाइन छ कि छैन ? भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा ?
पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला
पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला
प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदै
प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउदै
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ
बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ
बेपत्ता ३ वर्षीया बालिकाको शव फेला
बेपत्ता ३ वर्षीया बालिकाको शव फेला
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा
जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा