कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
१२ पटक हेरिएको
Shares
कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

सारांश

  • सरकारले चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ ।
  • बिहीबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन बढाउने लक्ष्यका साथ कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड विनियोजन गरिएको जानकारी दिए ।
  • उनले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

१५ जेठ, काठमाडौं ।

सरकारले चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ । बिहीबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन बढाउने लक्ष्यका साथ कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड विनियोजन गरिएको जानकारी दिए ।

उनले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । चैते धान खेतीका लागि पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन गरेको उनले बताए । पौडेलले प्रमुख खाधान्नको उत्पादनमा आत्मनिर्भर हुनेगरी कार्यक्रम अघि बढाउने धारणा राखे । कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत मल, बीउ र प्रविधिमा अनुदान र सहुलियतका लागि ३ अर्ब ५० करोड बिनियोजन गरिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?