२६ फाल्गुन २०८२, मंगलवार

पर्सामा २ क्विन्टल गाँजा बरामद

 

२६ फागुन,पर्सा

पर्साको जिराभवानी गाउँपालिका-४, पशुबजार नजिकैबाट प्रहरीले २१३ किलोग्राम गाँजा बरामद गरेको छ।

गएराति सुनौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे. १ त ५७१४ नम्बरको ट्र्याक्टरमा गाँजा बरामद गरिएको हो। गस्तीमा रहेको प्रहरी टोली देख्ने वितिक्कै ट्र्याक्टर चालक भागेका थिए।

त्यसपछि प्रहरी टोलीले ट्र्याक्टरका सामान जाँच गर्दा गाँजा भेटेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ। ट्रयाक्टरमा २२ वटा प्लास्टिकको पोकामा गाँजा भेटिएको हो।  प्रहरीले गाँजासहित ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ भने चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Post Comment

छुटाउनुभयो कि ?