२६ फाल्गुन २०८२, मंगलवार

भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु

 

२६ फागुन,काठमाडौं ।

बढ्दो भू–राजनीतिक तनाव र इन्धन आपूर्तिमा देखिएको अवरोधलाई मध्यनजर गर्दै भारत सरकारले तेल रिफाइनरी कम्पनीहरूलाई खाना पकाउने ग्यास (एलपी) को उत्पादन बढाउन र थपिएको उत्पादन घरायसी प्रयोजनमा मात्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आम नागरिकको सहजताका लागि घरघरमा हुने एलपीजी आपूर्तिलाईउच्च प्राथमिकतामा राखिएको जनाएको छ । यसका साथै, ग्यासको कालोबजारी र जम्माखोरी (कृत्रिम अभाव) रोक्न एउटा सिलिन्डर लिएको २५ दिनपछि मात्र अर्को बुकिङ गर्न पाइने ‘इन्टर–बुकिङ अवधि’ को नियमसमेत लागु गरिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार व्यावसायिक प्रयोजनका लागि विदेशबाट आयात गरिने गैर–घरायसी ग्यासको वितरणमा पनि नयाँ व्यवस्था गरिएको छ । जसअन्तर्गत आयातित ग्यास सबैभन्दा पहिले अस्पताल र शैक्षिक संस्था जस्ता अति आवश्यक क्षेत्रमा पठाइनेछ ।

Post Comment

छुटाउनुभयो कि ?