२६ जेष्ठ २०८२, आईतवार

एमाले जिल्ला कमिटी सदस्य घले एमाले त्यागेर माओवादी प्रवेश

 

काठमाडौँ, १४ चैतः 

नेकपा एमाले रसुवा जिल्ला कमिटी सदस्य कामीजेमु घले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार विशेष कार्यक्रमबीच उनलाई पार्टीमा स्वागत गरेका हुन् । घलेको पार्टी प्रवेशलाई माओवादी केन्द्रले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

 

रसुवा जिल्लामा लामो समयदेखि वाम राजनीतिमा सक्रिय रहँदै आएका घले एमालेमा राम्रै प्रभाव राख्ने नेता मध्येका एक थिइन् । उनले माओवादी केन्द्रको विचारधारा, पार्टी नीति तथा नेतृत्वप्रति विश्वास राखेर आफू नयाँ पार्टी रोजेका बताइन् । ‘हिजोको आवश्यकता एमाले थियो, आजको आवश्यकता माओवादी केन्द्र हो,’ उनले भनिन्, ‘पार्टीले लिएका नीति तथा कार्यक्रमले जनताको आवश्यकता पूरा गर्ने विश्वासका साथ मैले यो निर्णय गरेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?