२६ जेष्ठ २०८२, आईतवार

हेटौंडामा खुकुरी प्रहारगरी देवरले गरे भाउजूको हत्या

 

१४ चैत, हेटौंडा ।

मकवानपुरमा देवरले भाउजूको हत्या गरेका छन् । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी गुडिया दासको खुकुरी प्रहारगरी हत्या भएको हो । उनलाई आफ्नै देवर रमेश दासले हत्या गरेको प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । प्रहरीका अनुसार दाइलाई खुकुरी प्रहार गरेपछि आफन्तले बुहारीको खोजी गरेका थिए ।

खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजूको हत्या गरेर ढोका लगाएको पाइएको थियो । रमेशको आक्रमणबाट उनका दाजु रुपेश दास गम्भीर घाइते भएका छन् ।  रमेशलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment