सुनका गहनासहित काठमाडौंबाट एक जना पक्राउ
१३ चैत, काठमाडौं ।
बिल नभएका सुनका गहनासहित एक जना काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जनाकारी दिए। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका-५ घर भई कलंकी बस्ने ४१ वर्षीय दिपेशलाल चित्रकार छन्।
सुनका गहना बिक्री गर्न हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। उक्त टोलीले गहनासहित दिपेशलाई फेला पारेको हो। ११ वटा नौगेडी माला, ७ वटा सिङगल गेडी माला, क्रिष्टल रहेको १३ वटा माला, ६ वटा मंगलसुत्र, एउटा सोली गेडी माला, ३ जोर टप, एउटा तिलहरी, ९ वटा क्लिप, ३ वटा मोतीका माला, एउटा लकेट, एउटा मोतीहार २४ वटा औंठी, १९ वटा फुली र तीन वटा गेडी बरामद भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment