पोखरामा निषेधाज्ञा र कफ्र्यू हटाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
पोखरामा निषेधाज्ञा र कफ्र्यू हटाइयो

सारांश

  • जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा लगाइएको निषेधाज्ञा र कफ्र्यू आदेश हटाएको छ ।
  • शनिबार एक सूचना जारी गर्दै बिहान ९ बजेदेखि लागू हुनेगरी पोखराका विभिन्न स्थानहरुमा लगाइएको निषेधाज्ञा र कफ्र्यू आदेश हटाएको हो ।
  • प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा शान्ति सुव्यवस्था र पारस्पारिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान जिल्लाबासीमा अनुरोध समेत गरेकी छन् ।

२८ भदौ, काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा लगाइएको निषेधाज्ञा र कफ्र्यू आदेश हटाएको छ । शनिबार एक सूचना जारी गर्दै बिहान ९ बजेदेखि लागू हुनेगरी पोखराका विभिन्न स्थानहरुमा लगाइएको निषेधाज्ञा र कफ्र्यू आदेश हटाएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा शान्ति सुव्यवस्था र पारस्पारिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान जिल्लाबासीमा अनुरोध समेत गरेकी छन् ।

‘जिल्लामा शान्ति सुव्यवस्था र पारस्पारिक सद्भावलाई कायम राख, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई आवश्यक सहयोग गर्न, जनजीविकालाई सामान्यीकरण गर्दै लैजान, सार्वजनिक सेवालाई सुचारु गर्न र बजार व्यवस्थालाई क्रमिक रुपमा चलायमान बनाउनको लागि सबै सरकारी निकाय, निजी क्षेत्र, राजनीतिक दल, संघ संस्था, मानवअधिकारकर्मी, संचारकर्मी, नागरिक समाज, विभिन्न टोल समुदाय लगायत सरोकारवाला सम्पूर्ण पक्षहरुले आवश्यक समन्वय र सहजीकरण गरिदिनुहुन जिल्ला सुरक्षा समिति, कास्की हार्दिक अनुरोध गर्दछ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?