बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष

सारांश

  • बानेश्वरमा संसद बैठक राखेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।
  • बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक आधा घण्टा ढिलो सुरु भएको थियो ।
  • त्यसबेला सत्तापक्षका शीर्ष नेताहरू संसद भवनभित्र थिएनन् ।

१३ चैत, काठमाडौँ ।

बानेश्वरमा संसद बैठक राखेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् । बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक आधा घण्टा ढिलो सुरु भएको थियो । त्यसबेला सत्तापक्षका शीर्ष नेताहरू संसद भवनभित्र थिएनन् । उनीहरू बालुवाटनारमा सत्तापक्षको बैठकमा भेला भएका थिए ।

शीर्ष नेताहरू मात्रै नभएर संसद बैठक सञ्चालनका लागि सहजीकरण गर्ने जिम्मेवारीमा रहेका प्रमुख सचेतकहरू समेत बालुवाटारमै थिए ।यता संसद भवनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा सरकारको जवाफ माग्दै विपक्षीले अवरोध गरे । उता बालुवाटारमा सत्तापक्षको बैठक सुरु भयो । यता सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर अर्को बैठकका लागि वातावरण बनाउन लागि परे । तर, सत्तापक्षकै प्रमुख सचेतक बालुवाटार छन् । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् ।

यता बानेश्वरमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका छन् । सभामुख देवराज घिमिरेले जवाफका लागि प्रधानमन्त्रीलाई सूचना दिनुपर्ने भनेर विपक्षीलाई सम्झाउन खोजेका थिए । त्यतिबेला संसद भवनमा प्रधानमन्त्री भएको भए जवाफ दिन्छु भन्न सक्थे वा वातावरण सहज बनाउन प्रधानमन्त्रीको भूमिका हुन सक्थ्यो । तर, प्रधानमन्त्री संसद भवनमा नभएर बालुवाटारमा सत्तापक्षको बैठकमा थिए । बालुवाटारमा जारी सत्तापक्षको बैठकमा अनय सत्तापक्षका शीर्ष नेताहरू पनि उपस्थित छन ।

जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईलगायतका नेताहरू सहभागी छन् । यता बानेश्वरमा संसद बैठक सहज रुपमा चलाउन प्रमुख सचेतकको भूमिका खोजिरहेका छन् । तर, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे यता वालुवाटारमा सत्तापक्षको बैठकमा छन् । आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक सूचारु गर्नका लागि सभामुख घिमिरेले दलहरूसँग संवाद गरिरहेका छन् । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरूको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित
छुरा हानेर बुबाको ह*त्या आरोपमा छोरा पक्राउ
छुरा हानेर बुबाको ह*त्या आरोपमा छोरा पक्राउ
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने
आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा बजेट विनियोजन हुने
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै