न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
न्यायको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड पुनः अवरूद्ध

सारांश

  • जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
  • होली खेल्‍ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेका छन् ।
  • बुधबार विहानैदेखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन् ।

१३ चैत, जनकपुर ।

जनकपुर जलेश्वर सडकखण्ड पुनः अवरुद्ध भएको छ । होली खेल्‍ने क्रममा छुरा प्रहारबाट मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीका १९ वर्षिया आँशुका परिवार र स्थानीयले जनकपुर–जलेश्वर सडकखण्ड ठप्प पारेका छन् । बुधबार विहानैदेखि मुख्य सडक घेरेर उनीहरुले आवत जावत ठप्प बनाएका छन् ।  १२ दिन बितिसक्दापनि हत्यामा संलग्न अन्य अपराधीहरुलाई प्रहरीले समात्न नसकेको भन्दै उनीहरुले बाटो बन्द गरेर विरोध जनाएका हुन् ।

चैत्र २ गत्ते शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए । छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आँशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । तर आँशुको परिवारजनले अन्य व्यक्तिको संलग्ता रहेको भन्दै उनीहरुलाई पनि हिरासतमा लिन आवाज उठाइरहेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले आँशुको हत्याको अनुसन्धान जारी नै रहेकोले आँशुको परिवारजनलाई धैर्य राख्न आश्वासन दिँदै आएको छ । घटनामा संलग्न कोही पनि नउम्किने जिल्ला प्रहरी कार्यालय धनुषाको दाबी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपा केन्द्रीय समितिको बैठक जारी
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु
साफ यू–१७ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित
साफ यू–१७ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पराजित
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
२०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय
एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
मन्त्री श्रेष्ठले गरे धरान सबस्टेशनको स्थलगत अनुगम
मन्त्री श्रेष्ठले गरे धरान सबस्टेशनको स्थलगत अनुगम