Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ११, २०८१
|
|
४५ पटक हेरिएको
Shares
अनुमतिबिनै कैलालीको जंगलमा बसेका १६ देशका नागरिकलाई हटाउँदै प्रहरी

सारांश

  • कैलालीको सिमली जंगलमा बस्दै आएका १६ देशका नागरिकहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको छ।
  • घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा तीन सातादेखि उनीहरू बस्दै आएका थिए।
  • स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै निर्देशन दिएको थियो।

११ चैत काठमाडौँ ।

कैलालीको सिमली जंगलमा बस्दै आएका १६ देशका नागरिकहरूलाई त्यहाँबाट हटाउन प्रहरी परिचालन गरिएको छ। घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा तीन सातादेखि उनीहरू बस्दै आएका थिए। स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै निर्देशन दिएको थियो। तर बाटोखर्च नभएकाजस्ता विभिन्न समस्या देखाएर उनीहरू जंगलमै बसिरहेका थिए।

यी विदेशी नागरिकहरूमध्ये केही सोमबार उक्त ठाउँ छाडेर अन्यत्र गएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले एक सय ५० जनाभन्दा बढी विदेशी नागरिकहरू सिमली जंगल बिनाअनुमति बस्दै आएकोमा हटाउन थालिएको बताए। ‘विदेशी नागरिकहरू केही दिनयता सिमली जंगल छाडिरहेका छन्। सोमबार १६ जनाले जंगल छाडेर गन्तव्यतर्फ लागेका छन्,’ उनले भने।

अमेरिका, भारत, चीन लगाएत विभिन्न देशका मानिसहरू जंगलमा बस्दै आएको सूचना पाएपछि स्थानीय प्रशासनले जंगलमै पुगेर सोधपुछ गरेको थियो। गत बुधबार प्रमुख जिल्ला अधिकारी हमाल पनि जंगलमा पुगेर उनीहरूलाई भेटेका थिए। साथै २४ घन्टाभित्र जंगल छाड्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
भवन माग्दै नारायणी अस्पतालका डाक्टर र नर्सले अवरुद्ध पारे त्रिभुवन राजपथ
भवन माग्दै नारायणी अस्पतालका डाक्टर र नर्सले अवरुद्ध पारे त्रिभुवन राजपथ
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
कर्णाली याक्सले सम्पन्न गर्यो एनपिएल ट्रफी यात्रा
चाँदीको अवैध गरगहनासहित सर्लाहीबाट एक जना पक्राउ
चाँदीको अवैध गरगहनासहित सर्लाहीबाट एक जना पक्राउ
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू
जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू
भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ
भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)