राष्ट्रिय टोलीको जर्सी प्रायोजकको खोजीमा क्यान
११ चैत, काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टोलीका लागि जर्सी प्रायोजकको खोजीमा छ । यसका लागि क्यानले क्यानले सार्वजनिक सूचना जारी गरेको छ । राष्ट्रिय टोलीको जर्सी प्रायोजनका लागि क्यानले निश्चित सर्तसहितको सार्वजनिक सूचना जारी गरेको हो ।
राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गर्न चाहनेले वार्षिक रूपमा कम्तीमा दुई करोड रुपैयाँ क्यानलाई बुझाउनु पर्नेछ । सम्झौता अवधि तीन वर्षको हुनेछ । यसका साथै प्रत्येक वर्ष तोकिएको रकममा १० प्रतिशत वृद्धि गर्नु पर्नेछ ।
यसबापत क्यानले राष्ट्रिय टोलीले लगाउने जर्सीको अगाडि प्रायोजकको लोगो अंकित गर्नेछ । यसका लागि क्यानले आगामी अप्रिल ११ तारिखसम्मको समय तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment