नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
४७ पटक हेरिएको
Shares
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त

सारांश

  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दीपक थापालाई ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ।
  • हालका आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएपछि थापा प्रहरी संगठनको नेतृत्व सम्हाल्ने भएका हुन्।
  • आईजीपी पदका लागि थापा सहित तीन जना प्रतिस्पर्धामा थिए।

 

काठमाडौं — नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दीपक थापालाई ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ। हालका आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएपछि थापा प्रहरी संगठनको नेतृत्व सम्हाल्ने भएका हुन्।

आईजीपी पदका लागि थापा सहित तीन जना प्रतिस्पर्धामा थिए। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ दाबेदार थिए। उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्।

थापाले आफ्नो करियरमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। हालसम्म उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निर्देशकका रूपमा कार्यरत थिए। एआईजीमा बढुवा भएपछि उनले प्रहरी प्रशासन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

उनको सुरुवाती सेवा इलाका प्रहरी कार्यालय बनेपा, गरुडा र रौतहटमा इन्चार्जका रूपमा रहँदै अघि बढ्यो। डीएसपीका रूपमा खोटाङ, बालुवाटार र महाराजगन्जमा काम गरेका थापाले एसपीमा बढुवा भएपछि अख्तियारको कोहलपुर र बुटवलमा काम गरे। चितवनमा जिल्ला प्रहरी प्रमुख बनेका उनी प्रहरी प्रधान कार्यालयको बजेट शाखामा समेत खटिएका थिए।

 

एसएसपी भएपछि आर्थिक प्रशासन महाशाखा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व सम्हाल्दा उनको भूमिका उल्लेखनीय रह्यो। डीआईजी भएपछि प्रबन्ध निर्देशनालयमा कार्यरत थापा बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहे।

 

थापा २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्, यद्यपि ३० वर्षे सेवा अवधि हटाउने विधेयक संसद्मा विचाराधीन रहेकाले सेवा अवधि थप हुने सम्भावना छ।

 

थापाले आफ्नो कार्यकालमा संगठनको सुधार र अपराध अनुसन्धानलाई चुस्तदुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रहरी संगठनमा लामो अनुभव बटुलेका थापा नेतृत्वमा आएपछि नेपाल प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र संगठनात्मक सुधारमा थप सशक्त हुने अपेक्षा

गरिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै
पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध
पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने
विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
एनपीएलमा आज मंगलबार दुई खेल हुँदै
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
काभ्रे-कोशीपूर्वका  दुई सडक स्तरोन्नति गरिँदै
काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै