२६ जेष्ठ २०८२, आईतवार

मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

 

३, चैत, मोरङ ।

मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा शनिबार राति एम्बुलेन्स दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा परेर एम्बुलेन्स चालक उदयपुरका २४ वर्षीय आशिष राईको ज्यान गएको हो।

बुढिगंगा गाउँपालिका–३ मा रहेको महालक्ष्मी वायर अगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो। एम्बुलेन्स कता जाँदै थियो भन्ने खुलेको छैन। तर, प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?