जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व सङ्कलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
५६ पटक हेरिएको
Shares
जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व सङ्कलन

सारांश

  • चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.
  • ८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिनुभयो ।
  • चालु आर्थिक वर्षमा वार्षिक रु चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य   थियो ।

२७ फागुन, जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा रु दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा वार्षिक रु चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य   थियो । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । कार्यालयकाबाट प्राप्त विवरणअनुसार चालु आवको साउनमा ९२.१६, भदौमा ८३.८७, असोजमा ८७.५४, कात्तिकमा ७४.०२, मङ्सिरमा ८३.३६, पुसमा ७५.१४, माघमा ७४.७५ र फागुनको हालसम्ममा ८०.४४ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी विकले बताउनुभयो । जलेश्वर  भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९.१४ प्रतिशत रहेको छ ।

भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालमनमा आएपछि  जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उहाँले बताउनुभयो । कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ । जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहँु, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छ : विद्यादेवी भण्डारी
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति
सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति
तोलामा १४ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?
तोलामा १४ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?
सर्लाहीमा स्रोत नखुलेको १३ लाखसहित २ जना पक्राउ
सर्लाहीमा स्रोत नखुलेको १३ लाखसहित २ जना पक्राउ
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया
भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त