२६ जेष्ठ २०८२, आईतवार

मोरङको जंगलमा भेटियो पुरुषको शव

 

२७ फागुन, विराटनगर । जंगली हात्तीको आक्रमणबाट मोरङको लेटाङमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार लेटाङ नगरपालिका–९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको हो । प्रहरीका अनुसार लिम्बू माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएका थिए ।

फर्किएर नआएपछि आफन्त र परिवारका सदस्यले खोजी गर्दा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा रहेको जंगलमा राति ९ बजेतिर मृत फेला परेका थिए । प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट लिम्बूको मृत्यु भएको देखिएको थियो । घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थल वरपर हात्तीका पाइलाहरू छन् । घटनास्थलमा शवनजिकै लिम्बूको साइकल पनि फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?