चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२० पटक हेरिएको
Shares
चुनाव हारेपछि रुस गएका पूर्ववडाध्यक्ष तिलक युद्धमा मारिए

सारांश

  • रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ ।
  • रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएपछि पारिवारिक सदस्यहरु काजकिरिया गरेका छन् ।
  • सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा रुस हिँडेका थिए ।

 

२७ फागुन, दाङ। रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका तिर्खबहादुर बुढाथोकी (तिलक)को मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको भनेर फागुन २४ गते खबर आएपछि पारिवारिक सदस्यहरु काजकिरिया गरेका छन् । सुनछहरी गाउँपालिका–५ को पूर्ववडाध्यक्षसमेत उनी २०८० असोजमा रुस हिँडेका थिए । उनको घरमा एक छोरी, एक छोरा र श्रीमती छन् ।

४४ वर्षीय तिलकको मृत्युको खबर उनको परिवारलाई साथीभाइले फोन गरेर दिएको उनका आफन्तसमेत रहेका सुनछहरी गाउँपालिका वडा नं. ५ का सदस्य बेगम बुढाथोकीले बताए । तीर्खका जेठा दाजु खगेन्द्र बुढाथोकीका अनुसार उनी फागुन १३ गतेबाट परिवारको सम्पर्कबाहिर भएका थिए । ‘सम्पर्कबाहिर भएदेखि नै केके गरेर हुन्छ हामीले जोडिन खोजेका थियौं । पहिले कुराकानी भएका उसका साथीहरूसम्म पुग्यौं । पछि पल्टनले नै उनले सहादत प्राप्त गरेको खबर पठाएपछि हामीलाई पनि जानकारी आयो’, उनले अनलाइनखबरसँग भने । तीर्खको मृत्युको खबर पाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन् ।दाजु खगेन्द्रले अगाडि भने, ‘अवैध तरिकाले गएको मान्छे उतै हरायो । अब लास आउने बाटो पनि छैन भने आश गरेर बस्ने कुरा पनि भएन । हिजैबाट हामीले काजकिरियाको काम थालिसक्यौं ।’

तिलक द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए । माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले राजीनामा दिन लगाएका थिए । ‘छोरोको चिन्ताले उनका बुवाआमाले नै जागिर छोड्न लगाउनुभयो । जागिर छोडेर केही समय गाउँमै खाली बसे’, बेगमले अनलाइनखबरसँग भने, ‘पछि घरपरिवारलाई थाहै नदिई रुस गएका थिए ।’ बेगमका अनुसार तिलक २०६३/०६४ को समयमा अवैध तरिकाले इराक जान खोजेका थिए । तर पक्राउ परेर बीचबाटोबाटै फर्किएका थिए । नेपाली सेनाको जागिर छाडिसकेको र वैदेशिक रोजगारीमा जाने प्रयास समेत सफल नभएपछि उनी केही समय तनावमा थिए । तर पछि कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरी गाउँमा सक्रिय राजनीति थालेका थिए । उनी नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सुनछहरी गाउँपालिका इन्चार्जसमेत थिए । ‘०७४ को चुनाव त जिति पनि हाले’, बेगमले भने ।

तत्कालीन समयमा ७ वटा वडा रहेको सुनछहरी गाउँपालिकामा २ वडाध्यक्षमा नेकपा एमालेले जितेको थियो । ०७९ को निर्वाचनमा पनि उनी दोहोरिन चाहेका थिए । ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए । त्यसपछि उनी रुस हिँडेका थिए । तीर्खका आफन्त बेगमका अनुसार उनले आफू रुस जान लागेकोबारे परिवारलाई खबरसमेत गरेका थिएनन् । कामको सिलसिलामा पटक–पटक काठमाडौं गइरहने उनी त्यतैबाट रुस हिँडेको उनले बताए । ‘रुस पुगिसकेपछि मात्रै परिवारलाई जानकारी दिएका रहेछन्’, उनले भने । सुनछहरी गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर पुन (रक्तिम)का अनुसार बुढाथोकीले परिस्थितिले गर्दा रुसी सेनामा भर्ना भएको र अवस्था जटिल रहेको बताउने गरेका थिए । उनले आफू युद्धग्रस्त युक्रेन क्षेत्रमा रहेको खुलाएका थिए । ‘अवस्था जटिल छ । के गर्ने आइहालियो । बाहिर जस्तो सुनिन्छ त्योभन्दा जटिल छ’, उनले भनेका थिए ।

 

दाजु खगेन्द्रका अनुसार तीर्खले रुस पुगिसकेपछि त्यहाँको अवस्थाबारे घरमा कुरा गरिरहन्थे । ‘हामीले त कुनै माध्यम छ भनेर फर्केर आइज पनि भनेको हो । तर अवैध तरिकाले गएपछि माध्यम पाउने कुरा पनि भएन, केही गर्न नसक्ने बाध्यतामा थियो’, उनले भने, ‘नआउनुपर्ने आइहालियो । अब मर्ने बाँच्ने त्यस्तै त हो भन्थ्यो ।’तिलकलाई सहयोगी र सकारात्मक सोचको व्यक्ति भनेर स्मरण गर्छन्,  गाउँपालिका पूर्वअध्यक्ष पुन । ‘उहाँ कामको मामिलामा एकदमै सकारात्मक हुनुहुन्थ्यो । हामीले मिलेर नै काम गरेका थियौं’, पुनले अनलाइनखबरसँग भने, ‘उहाँको झलझली याद आइरहेको छ ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’
‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा बर्दिया प्रहरी
नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
नारच्याङमा रेलेखोला जलविद्युत आयोजना निर्माण
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ : प्रधानमन्त्री
रसुवा बाढीपहिरोः करिव २९ करोडको बीमा दाबी
रसुवा बाढीपहिरोः करिव २९ करोडको बीमा दाबी
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
राप्रपाको निष्कर्ष– निषेधाज्ञा जारी गर्नु हाम्रो आन्दोलन सफल हुनु हो
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति