विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
४२ पटक हेरिएको
Shares
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्

सारांश

  • शाही राजतन्त्रको पक्षधरता देखाउँदै रिमालमाथि खनिदैछन् भने रिमाल वर्तमान व्यवस्थाको बचाउ गर्दै शाहीमाथि खन्निरहेका छन्।
  • गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गर्दा भारतीय नेताको तस्बिर देखिएको विषयमा रिमालले प्रश्न गरेपछि सुरु भएको बकयुद्ध अझै चलिरहेको छ।
  • आज मात्रै पनि रिमालले सामाजिक सन्जालमा ‘लोकतन्त्र र न्यूटनका बिरालाको कथा!

२७ फागुन, काठमाडौँ- केही दिनयता नेकपा एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्रबहादुर शाहीबीच सामाजिक सन्जालमा बकयुद्ध चलिरहेको छ।

शाही राजतन्त्रको पक्षधरता देखाउँदै रिमालमाथि खनिदैछन् भने रिमाल वर्तमान व्यवस्थाको बचाउ गर्दै शाहीमाथि खन्निरहेका छन्। गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गर्दा भारतीय नेताको तस्बिर देखिएको विषयमा रिमालले प्रश्न गरेपछि सुरु भएको बकयुद्ध अझै चलिरहेको छ। आज मात्रै पनि रिमालले सामाजिक सन्जालमा ‘लोकतन्त्र र न्यूटनका बिरालाको कथा!’ सुनाउँदै राजावादीप्रति कटाक्ष गरेका थिए। उनले ‘लोकतन्त्र हुकमी शासन हैन

न त यो, जन्म र वंशको आधारमा बनेका अयोग्य शासकले टीका लगाएर प्रतिनिधि तोकिने प्रणाली हो।’ भनेका थिए। यसको प्रतिउत्तरमा राप्रपा नेता शाहीले यो व्यवस्था ‘व्यक्तिहरुलाई लुटी खाने भाँडो भयो’ भनेका थिए। उनले देशमा लुटतन्त्र मच्चाउने धन्दा भएको आरोप लगाउँदै दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउन रिमाललाई अनुरोध गरेका थिए। यत्तिकैमा शाहीले रिमाललाई भनेका छन्,‘तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडाध्यक्षको तयारी गर्नुस्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने
चितवनलाई सुदूरपश्चिमको १७० रनको लक्ष्य
चितवनलाई सुदूरपश्चिमको १७० रनको लक्ष्य
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो
नेपाली भूमिमा प्रवेश गरेर एसएसबीको ज्यादती, नेपाली युवकको खुट्टा गुम्यो
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
कुलमानले सहकार्यको सम्भावना सकियो भनेपछि रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले