नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने

२६ फागनु, काठमाडौं : वुमन्स डे कप २०२५ को तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। नेपालकी कप्तान इन्दु बर्माले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएकी हुन्।

नेपालको टिममा कुनै पनि परिवर्तन गरिएको छैन। पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा युगान्डालाई १ विकेटले हराएको थियो। इन्दु बर्मा (कप्तान), सम्झना खड्का, साना प्रविन, पूजा महतो, रुबिना क्षेत्री बेलबासे, कविता जोशी, विन्दु रावल, रोमा थापा, ईश्वरी विष्ट, रचना कुमारी चौधरी र रिया शर्मा

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment