Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
शाहीलाई रिमालको जवाफ : पोल खुल्ने डरले ‘खाल’ जोगाउने हर्कत

सारांश

  •  सत्तारुढ नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई ‘काँक्रा चोर’ को संज्ञा दिएका छन् ।
  • सचेतक शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीले नै राख्न निर्देशन दिएको दाबी गर्दै स्टाटस लेखेपछि रिमालले काउन्टर जवाफ फर्काएका हुन् ।
  • रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी मानिस कति द्वीविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५–५ चोटी एडिट गरेको हिस्ट्रीले आफै बताउँ छ ।

 

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई ‘काँक्रा चोर’ को संज्ञा दिएका छन् । सचेतक शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीले नै राख्न निर्देशन दिएको दाबी गर्दै स्टाटस लेखेपछि रिमालले काउन्टर जवाफ फर्काएका हुन् ।

रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी मानिस कति द्वीविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५–५ चोटी एडिट गरेको हिस्ट्रीले आफै बताउँ छ । मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन । कसले कहाँ के गर्दैछ, समाचार त आएकै छ नि !’ सचेतक डिसइन्फरमेसनको सहारामा एक्कासी मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै भएको बताए । शाहीले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पूर्वराजाको स्वागतमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको आरोप लगाएका थिए ।

उनले प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नै उक्त फोटो राख्न लगाएको पाइएको बताए थिए । पोखराबाट फर्किएका पूर्वराजा शाहको स्वागतमा आइतबार काठमाडौँमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको माातृभूमि बचाऊ अभियानलगायतको सहभागितामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका थिए । त्यस क्रममा जुलुसमा पूर्वराजा ज्ञानेन्द्र शाहका साथै उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता योगी अंकित ब्यानर पनि देखिएको थियो । जसका विषयमा गणतन्त्रवादीहरूले व्यापक आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल
जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
सुकुम्बासी बस्ती संरक्षणका लागि वाइसीएलले सुरु गर्‍यो तटबन्ध निर्माण
सुकुम्बासी बस्ती संरक्षणका लागि वाइसीएलले सुरु गर्‍यो तटबन्ध निर्माण
सरकारबाट बाहिर जान सक्छौं : गगन थापा
सरकारबाट बाहिर जान सक्छौं : गगन थापा
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक