एक करोड बीमा गरेर आफैंले लगाए पसलमा आगो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
२० पटक हेरिएको
Shares
एक करोड बीमा गरेर आफैंले लगाए पसलमा आगो

सारांश

  • बीमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आफैं आगो लगाएको अर्को घटना पोखरामा दोहोरिएको छ ।
  • गत पुसमा मात्र पोखरा–८ न्युरोडमा खुलेको शर्मा आइटी हबमा १ करोड रुपैयाँको बीमा रकम दाबी गर्न सञ्चालक आफैंले आगो लगाएको खुलेको हो ।
  • यही फागुन ११ गते हबमा आगलागी भएको थियो ।

 

२६ फागुन, पोखरा । बीमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आफैं आगो लगाएको अर्को घटना पोखरामा दोहोरिएको छ । गत पुसमा मात्र पोखरा–८ न्युरोडमा खुलेको शर्मा आइटी हबमा १ करोड रुपैयाँको बीमा रकम दाबी गर्न सञ्चालक आफैंले आगो लगाएको खुलेको हो । यही फागुन ११ गते हबमा आगलागी भएको थियो । यसका सञ्चालक रमेश शर्माले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै निवेदन दिएका थिए ।

नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । पसलमा आगो लगाएर क्षतिपूर्ति माग गर्दै बीमा रकम दाबी गर्ने गलत मनसाय राखेको अभियोगमा प्रहरीले सञ्चालक रमेश शर्मा लोहारलाई पक्राउ गरेको छ । यसअघि गत साउन १६ गते बिहान पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि यसरी नै सञ्चालक आफैंले आगो लगाएको घटना सार्वजनिक भएको थियो । स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको बताइएको थियो । त्यो बेला गहतराजले ‘इन्भर्टर सर्ट’ भएर आगो लागेको बताएपछि प्रहरीले आशंका गर्दै अनुसन्धान थालेको थियो । अनुसन्धानपछि पसलमा घाटा खाएपछि बीमाबापतको रकम दाबी गर्ने गलत मनसायले आफैंले आगो लगाएको अभियोगमा गहतराज र उनलाई सघाउने पवन नेपाल पक्राउ परेका थिए ।

अहिले उनीहरु पुर्पक्षका लागि थुनामा रहेको एसपी श्यामबाबु ओलियाले जानकारी दिए । अहिले शर्माले पसल दुई दिनअघिदेखि बन्द रहेको, कामदारहरू बिदामा रहेको र आगलागीको कारणबारे खुलाएको तथ्यमाथि आशंका भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । कामदार बिदामा रहेको अवस्थामा रमेश आफैंले आगो लगाएको पाइएको कास्की प्रहरी प्रमुख एसपी ओलियाले जानकारी दिए । गत माघ महिनामा इन्सुरेन्स गराएको पाइयो । त्यही रकम दावी गरी लिने दूषित मनसायका साथ शर्माले आइटी हबमा आफैंले आगो लगाएको आशंका भयो,’ एसपी ओलियाले भने, ‘बीमा रकम दाबी गर्नकै लागि आफैंले आगो लगाएको प्रमाणहरु फेला परेपछि पक्राउ गरी ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएका छौं ।’ शर्माले पोखरा–२७ तालचोकमा पनि शर्मा आइटी हब सञ्चालन गर्दै आएका थिए ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ घर भएका रमेशले ५ वर्ष अगाडिदेखि शर्मा आइटी सोलुसन नामक पसल सञ्चालन गरिरहेका थिए । त्यहाँ ६ जना कामदारसमेत छन् । उनै शर्माले गत पुसमा न्युरोडमा पसल खोलेर माघमा बीमा गरी फागुन १९ गते आफैंले पसलमा आगो लगाएको पाइएको एसपी ओलियाले जानकारी दिए । न्युरोडको पसलमा २ जना कामदार थिए । उनीहरु बिदामा रहेका बेला मोबाइल चार्जमा राखेर ट्वाइलेट गएर फर्किँदा केही आवाज आई आगो लागेको बेहोरा उल्लेख गर्दै रमेशले बीमा रकम दाबी गरेर निवेदनसमेत दिएको पाइएको थियो । घटनाको प्रकृति अध्ययन, घटनास्थल विवरण शंकास्पद भेटिएपछि प्रहरीले सञ्चालकमाथि नै अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि आफैंले आगो लगाएको प्रशस्त आधार प्रमाण भेटिएर उनलाई पक्राउ गरिएको एसपी ओलियाको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
म्याद गुज्रिएका खाद्यसामग्री बेच्ने उद्योगमा सिल
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
युलेन्स स्कुलको व्यवस्थापन समिति अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
नेपाली कम्युनिस्ट पार्टीले आज भृकुटीमण्डपमा एकताको अन्तिम सन्देशसभा गर्ने
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक
मन्त्री श्रेष्ठले गरिन १०० दिनको प्रगति विवरण सार्वजनिक