आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
५१ पटक हेरिएको
Shares
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा

सारांश

  • आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ ।
  • आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत ले उपाधि जितेको हो ।
  • न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

२५ फागुन, काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत ले उपाधि जितेको हो ।

न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले आक्रामक सुरुवात गर्दै शुभमन गिलसँग मिलेर शतकीय साझेदारी गरेका थिए । रोहित ७६ रनमा आउट भए । श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे ।

१०५ रनमा पहिलो विकेट प्राप्त गरेपछि न्युजिल्याण्डले निरन्तर रूपमा विकेट निकाल्दै भारतलाई दबाबमा राख्ने प्रयास गरेको थियो । माइकल ब्रेसवेल र मिचेल सान्टनरले २-२ तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो ।डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए ।

माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए ।भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवले २-२ तथा मोहम्मद शामी र रविन्द्र जडेजाले १-१ विकेट लिए ।भारतक लागि यो च्याम्पियन्स ट्रफीको तेस्रो उपाधि हो । यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि जित्दा २०१३ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
श्रीलंकाविरुद्ध नेपालको सानदार जित
श्रीलंकाविरुद्ध नेपालको सानदार जित
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री
थाइल्यान्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री