११ श्रावण २०८२, शनिबार

युगान्डाले नेपाललाई दियो ७७ रनको लक्ष्य

 

२५ फागुन, काठमाडौं । घरेलु टोली युगान्डाले चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालसमक्ष सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालविरुद्ध आज टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७६ रन जोडेको हो । युगान्डाका लागि ओपनर निष्कलंक नाकिसुयीले ४० बलको सामना गर्दै सर्वाधिक २२ रन जोडिन् । स्टेफानी नामपिनाले १४ रन तथा मलिसाले ११ रन जोडिन् ।

बलिङतर्फ नेपालकी पूजा महतोले एक मेडन ओभरसहित ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले पनि एक मेडन ओभरसहित २ विकेट लिइन् । जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?