सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
  • लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गरे भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरे ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता एकसाथ दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको छ ।

दाङ — प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबारदेखि लमहीमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन् । लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गरे भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ गरेर प्रतियोगिताको शुभारम्भ गरे ।

नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता एकसाथ दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको छ । प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । ‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’ मुख्यमन्त्री आचार्यले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।’

खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिएको उनले बताए । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलोपटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ
भन्सार छलेर ल्याइएका ल्यापटप र मोबाइलसहित सात जना पक्राउ
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
सर्लाहीको यी गाउँहरुमा कार्यकर्ता भेटघाटमा व्यस्त, पुर्व प्रधानमन्त्री ‘प्रचण्ड
सप्तकोसीमा बढ्यो पानीको बहाव, ४९ ढोका खोलियो
सप्तकोसीमा बढ्यो पानीको बहाव, ४९ ढोका खोलियो
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ