२६ जेष्ठ २०८२, आईतवार

माओवादी पार्टीमा प्रवेश गर्दै पूर्व सांसद प्रमोद साह

 

२३ फागुन, सर्लाही । पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।केही साताअघि जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरेका सर्लाही क्षेत्र नं. १ का पूर्व सांसद साह सदरमुकाम मलंगवामा आज आयोजना गरेको कोणसभामा माओवादी प्रवेश गर्न लागेका हुन् ।

तराई मधेश जारण अभियान लिएर माओवादीका अध्यक्ष प्रचण्डसहितका नेताहरु सर्लाही आइपुगेका छन् ।प्रचण्डसहितका नेताहरु मलंगवाको कल्भर्ड हलमा आयोजित सभालाई सम्वोधन गर्न चन्द्रनगर, ब्रम्हपुरी, भेल्ही हुँदै मलंगवा पुग्दै छन् । माओवादी प्रवेश गर्न लागेका साह पनि बिहानैदेखि प्रचण्डसँगै कार्यक्रममा सरिक भइरहेका छन् । राजु यादव सबैको साथ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
2

Post Comment