Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ८, २०८०
|
|
९० पटक हेरिएको
Shares
राष्ट्रपति पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन

सारांश

  •  राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ ।
  • जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो ।
  •   जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका छन् ।

८ असोज, जनकपुर ।  राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ ।

जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो ।  जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका छन् । देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै पौडेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, कांग्रेस नेता विमलेन्द्र निधि, जनकपुरधामका पूर्व मेयर बजरंगप्रसाद साह लगायतले अभिनन्दन गरेका हुन् ।

राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा प्रयोग गरिएको छ । राष्ट्रपति पौडेललाई भगवान रामसँग तुलना गर्दै अभिनन्दन पत्रमा भनिएको छ, ‘त्रेतायुगमा भगवान राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईको आगमनले जनकपुरवासी हर्ष विभोर भएका छन् ।’ यस्तै राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी ठूलो समस्या समाधान गरेको भन्दै पौडेलको प्रशंसा समेत गरिएको छ । नागरिक अभिनन्दनका क्रममा राष्ट्रपति पौडेलसमक्ष जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
अब सवारी लाइसेन्सको अवधि १० वर्ष
अब सवारी लाइसेन्सको अवधि १० वर्ष
प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री- परिणाममुखी भ्रमण गर्ने भन्ने छ
प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री- परिणाममुखी भ्रमण गर्ने भन्ने छ
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो
दशैं आयो तर व्यवसायी भन्छन्, ‘व्यापार छैन’ ( भिडियो सहित )
दशैं आयो तर व्यवसायी भन्छन्, ‘व्यापार छैन’ ( भिडियो सहित )
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध