मोरङको मौलिबारीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
 मोरङको मौलिबारीमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

सारांश

  • पथरीशनिश्चरे नगरपालिका ५ स्थित मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले जानकारी दिए।
  • २२ वर्षका अजय टुरु र मोरङकै कटहरी माइती भएकी झापाको गौरीगन्जकी जुबामुनी हस्दा मृत भेटिएको वडा अध्यक्ष चेजेन्द्र खड्काले जानकारी दिए।
  •    मंगलबार राति २ बजे पुरुष घरबाट हिँडेको जानकारी आएको र उनी महिलासँग एउटै रुखमा झुण्डिएको अवस्थामा भेटेको  खड्काले बताए।

 

२० फागुन, मोरङको मौलिबारीमा महिला र पुरुष मृत फेला परेका छन्। पथरीशनिश्चरे नगरपालिका ५ स्थित मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले जानकारी दिए।

२२ वर्षका अजय टुरु र मोरङकै कटहरी माइती भएकी झापाको गौरीगन्जकी जुबामुनी हस्दा मृत भेटिएको वडा अध्यक्ष चेजेन्द्र खड्काले जानकारी दिए।   मंगलबार राति २ बजे पुरुष घरबाट हिँडेको जानकारी आएको र उनी महिलासँग एउटै रुखमा झुण्डिएको अवस्थामा भेटेको  खड्काले बताए। मृतक पुरुष सोही वडाका हुन् भने महिला बाहिरकी हुन्।  दुवै विवाहित रहेको र दुवैका सन्तान समेत रहेको खड्काले बताए। महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको पनि खड्काले बताए। अहिले प्रहरी घटनास्थलमा पुगेको छ, थप विवरण खुल्न बााँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?