कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट

सारांश

  • जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि  खुला आकाशमा रात काट्न बाध्य भएका छन् ।
  • यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् ।
  •   आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको  घर जलेर नष्ट भएको रैनादेवी छहरा–३का वडाध्यक्ष प्रदीप पौडेलले बताए ।

 

२० फागुन,  पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि  खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् ।  आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको  घर जलेर नष्ट भएको रैनादेवी छहरा–३का वडाध्यक्ष प्रदीप पौडेलले बताए ।

आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका यहाँका पीडितपरिवार गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि भने खुसी भएका छन् । गाउँपालिकाले तत्कालका लागि  एक–एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाललगायत राहत सामग्री  दिएपछि पीडितको अनुहारमा खुसी छाएको हो । “आगलागीबाट हाम्रा सबै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र घरका अन्य सामान सबै जलेर नष्ट भए । हामीसँग खाने अन्न थिएन, ओत लाग्ने त्रिपाल पनि थिएन, दुुई–चार दिन निकै दुःखले दिन बितायौँ, अहिले पालिकाले दिएको राहत सामग्रीले केही सहयोग मिलेको छ”, पीडित पदमबहादुरले  भने ।

गाउँपालिकाले घरमै पुगेर आवश्यक राहत सामग्री वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईसहितका जनप्रतिनिधि, कर्मचारीको टोलीले आगलागीपीडितको घरमा पुगेर राहत सामग्री वितरण गरे । अहिले तत्काल आवश्यक देखिएका सामानसहितको राहत प्रदान गरिएको उनले बताए। पछि प्रहरीको मुचुल्काअनुसार क्षतिका आधारमा पालिकाले घर निर्माणका लागि रकमसमेत उपलब्ध गराउने उनको भनाइ छ । आगलागीपीडित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले पालिकासँगै अन्य पक्षबाट हुने सहयोगका लागि समन्वय गरिने अध्यक्ष भट्टराईले बताए । आगलागीपीडित परिवारका लागि गाउँपालिकासँगै अन्य सङ्घसंस्था तथा व्यक्तिले पनि सक्दो सहयोग गर्न थालेका छन् ।

पाल्पासहित देशका विभिन्न क्षेत्रमा केही सातायता आगलागी र वन डढेलोका घटना बाक्लै भइरहेका छन् । आगोले घरसँगै लत्ताकपडा, अन्नपात जलेपछि बिचल्ली बनेका परिवारको सङ्ख्या सयौँ छ । पछिल्लो समय आगलागी–डढेलोका कारण वायु प्रदूषण बढेर लाखौँ मानिस प्रभावित भइरहेका छन् ।  डढेलोले वन पैदावार र जीवजन्तुमा पुर्याएको क्षति बेहिसाब छ । यही सुक्खायाममा हुरीबतास पनि चलिरहेको छ र तत्काल ठूलो वर्षा हुने सम्भावना देखिएको छैन । आगो सल्किहाले तीव्रगतिमा फैलने जोखिम रहेकाले व्यापक सचेतना र सतर्कताको जरुरी देखिएको छ । कतै आगलागी–डढेलोका घटना भइहाले नियन्त्रण गर्न सम्बन्धित संयन्त्र तम्तयार राख्नुपर्ने खाँचो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण
मिथिला नगरपालिकाका ६४ परिवारलाई लालपुर्जा वितरण
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
रविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
प्रधानमन्त्री ओलीको राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुने कार्यक्रम रद्द
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ
झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ
आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त